सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने

प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।.
प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।
Comments are closed.