web analytics

पुनर्वासका पातल बने नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष

कञ्चनपुर, १९ चैत ।
पुनर्वास २ का वीर बहादुर थापा (पातल) नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष बनेका छ्न । नेकपा माओवादीबाट राजनीतिक यात्रा सुरु गरेका पातल जनयुद्धमा बारम्बार जेल र यातना भोगेका नेता हुन । तीन वर्ष अघि माओवादी केन्द्र र एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी भएपछि पातलले कञ्चनपुर जिल्ला अध्यक्ष पाएका थिए ।
सर्वोच्च अदालतको फैसलाले नेकपालाई फुटाएर पुन: पहिलेकै अवस्थामा पुरयाएपछी पातलले हाल नेकपा एमालेमा पनि सोही जिम्मेवारी पाएका हुन । नेकपामा तिब्र ध्रुवीकरण हुँदा पातल नेकपा एमाले ओलि समूहतिर लागेका थिए । जिल्ला सचिवमा भने सुरेन्द्र विष्ट चयन भएका छ्न ।
यसैगरी नेकपा एमालेले सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा जिल्ला अध्यक्ष र सचीव चयन गरेको छ ।
कैलालीको अध्यक्षमा रतन थापा र दान बहादुर बि.क.,बैतडीको अध्यक्षमा सुरेन्द्र पाल र सचीवमा लिलाधर भट्ट,डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद र सचीवमा धन बहादुर धामी,दार्चुलाको अध्यक्षमा रामदत्त जोशी,बझाङको अध्यक्षमा अफिलाल ओखेडा, बाजुराको अध्यक्षमा कालि बहादुर शाही र सचीवमा भरत बुढा, डोटी अध्यक्षमा राम बहादुर ऐर, सचिवमा लक्ष्मण मलासी, अछामको अध्यक्षमा चन्द्र बोहरा र सचिवमा डिबि साउँद भएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.