web analytics

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन  

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् ।

शुक्रबार भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी हुन् ।

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ ।

बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो ।

अब उपत्यकामा रहेका पनि भण्डारण ट्यांकमध्ये बाँसबारीस्थित ट्यांकमा मात्रै पानी पठाउन बाँकी रहेको केयूकेएलले जनाएको छ ।

केयूकेएलले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको जनाएको ।

यही चैत १५ गतेबाट उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.