तिब्र रुपमा फैलिदै कोरोना, आजमात्र ८३६ जनामा संक्रमण र चार जनाको मृत्यु

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर ८३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्यमन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ सहित मुलुकभर ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छपछिल्लो २४ घण्टामा २०८ डिस्चार्ज भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार जना संक्रमितले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ८ र क्वारेन्टाइनमा ७७ जना रहेका रहेका मन्त्रालयको भनाइ छ ।
Comments are closed.