web analytics

धनगढीमा विद्यार्थीमा देखियो कोरोना

कैलाली, ३ बैशाख ।
धनगढीको धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुस्टि भएको छ।
बिहीबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उक्त कलेजको बीबीए छैठौं सेमेस्टरमा अध्ययरत ती विद्यार्थीमा संक्रमण पुस्टि भएको हाे।
हाल उनी होम आइशोलेसनमा बसिरहेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएपछि आइतबारबाट सुरु भइरहेको स्नातह तहको परीक्षा एक हप्तासम्म अनलाईनबाट सञ्चालन गरिने क्याम्पस प्रशासनले जनाएको छ। त्यसपछि भौतिक उपस्थितीमा परीक्षा सञ्चालन हुने बताइएको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार नै कैलालीसहित १४ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ। मन्त्रालयले ती जिल्लाका विद्यार्थीलाई कोरोना जोखिमका कारण विद्यालय नजान अपिल गरेको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.