web analytics

पुनर्वास नगरपालिकाद्वारा विद्यालय स्तरीय विविध प्रतियोगिताको आयोजना

कञ्चनपुर/बैशाख ३,
पुनर्वास नगरपालिकाले बालबालिकाको क्षमता अभिवृद्धि गराउन विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ । आयोजना गरीएका प्रतियोगिताहरुमा वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र श्रुतिलेखन प्रतियोगिता थिए ।
वक्तृत्वकला प्रतियोगितामा पुनर्वास जनता मा.वि.त्रिभुवन बस्तीका छात्र निर्मल रोकाया प्रथम,सरस्वती मा.वि.मोति बस्तीकि कल्पना चन्द द्वितीय,गौरीशंकर मा.बि. भानुबस्तीकी
नविना भण्डारी तृतीय भएकी थिईन । त्यसैगरी सान्त्वना पुरस्कार
तुलसा शर्मा, राष्ट्रिय मा.वि.बिचफाँटाले प्राप्त गर्न सफल भएको थियोे । “साक्षर पुनर्वास नगरपालिकाका घोषणामा विद्यार्थीको भूमिका” शिर्षकमा ९ र १० कक्षा पढने पुनर्वासका दस विद्यालयका दस जना छात्रछात्राहरुले प्रतियोगितामा भाग लिएका थिए।
त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वनामा क्रमश: बागीश्वरी मा.वि. पृथ्वी बस्ती,राष्ट्रिय मा.वि.अमर बस्ती,दुर्गा मा.वि. जनक बस्ती र ऐश्वर्य आ.वि. अमरैया भएका छ्न ।
त्यसैगरी गत चैत २७ मा सम्पन्न भएको श्रुतिलेखन प्रतियोगितामा दिपिका बुढा मालिका आ.वि. पुनर्वास १ प्रथम,प्रीयंका लोहार दुर्गा मा.वि. जनक बस्ती द्वितीय, रोशन राना सरस्वती आ.वि.ढक्का तृतीय र गौरीशंकर मा.वि. भानुबस्तीका छात्र समीर जोशीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले
युवाहरूलाई कुलतबाट टाढा राख्दै अनुशासन र संस्कार सिकाउनु आजको आवश्यक्ता रहेको बताए । वर्तमान युवाहरूको अवस्था अत्यन्त चिन्ताजनक रहेको र आफ्नो दायित्व भूलिरहेको अवस्थामा निरक्षरहरुलाई साक्षर बनाउन विद्यार्थीहरुको भूमिका निकै महत्त्वपूर्ण रहने जिकिर गरे ।
त्यसैगरी आगामी बैशाख १० गते कक्षा एघार र बाह्र कक्षा पढने छात्रछात्रा बिच निबन्ध प्रतियोगिता हुने भएको छ । “कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव,सम्भावना र चुनौती” शिर्षकमा हुन लागेको सो प्रतियोगितामा पुनर्वास भरीका मा.वि. तहका स्कूलहरु प्रतिस्पर्धा गर्ने पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले समाचार विशेषलाई जानकारी गराए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.