web analytics

सावधान ! फेसबुक र ह्वाट्सअपबाट ठगिनु होला ! पुनर्वासका व्यापारी नै ठगिए

पुनर्वास । भारत तथा विश्वका विभिन्न देशहरुबाट ठुलो परिमाणमा नगद तथा सामान पठाइदिने भन्दै झुठो प्रलोभनमा पारेर त्यस सामान ढुवानीका लागि पैसा चाहिने भन्दै ठग्ने ठगहरुको बिगबिगी भएको छ।

केहि बर्षदेखि भारत तथा अन्य देशको मोबाइल नम्बर प्रयोग भएका केहि फेसबुक तथा ह्वाट्सअपबाट सोझासाझा नेपालीलाई म्यासेज गरि झुठो प्रलोभनमा पारेर ठग्ने क्रम रोकिन सकेको छैन । यस बारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको छ । तथापि पैसा पठाउदा भारत वा तेस्रो मुलुकमा पठाईएकाले सो रकम फिर्ता हुन सक्दैन । यसरी ठगहरुले नेपाललाई आफ्नो ठग्ने थलो बनाईरहेका छन ।

नेपाल प्रहरीले यस बारे सचेतनामुलक सामाग्री प्रस्तुत गर्ने गरेको छ । इन्टरनेट र सो सम्बन्धि ठगीका बारेमा नसुनेका सोझासाझा नेपालीहरु छिटो विश्वास गरेर ठगिने गरेका छन ।

“मसंग ५० हजार डलर छ ! यो अवैधरुपमा मैले लुकाएर राखेको छु । यस पैसालाई वैध बनाउन नेपाल पठाउन चाहान्छु । नेपाल पुगेपछि यो पैसालाई तिमिले लुकाएर राख्नु त्यसपछि म नेपाल आउछु । दुबैजनाले आधाआधा बाढौला”

नाम नबताउने शर्तमा पुनर्वासका एक चर्चित व्यापारी समेत ठगिएको भन्दै हामी समक्ष आए ! सुरुमा युरोपेली मुलुकबाट एक जनाले म्यासेज गरे । त्यो म्यासेजमा भनिएको थियो कि “मसंग ५० हजार डलर छ ! यो अवैधरुपमा मैले लुकाएर राखेको छु । यस पैसालाई वैध बनाउन नेपाल पठाउन चाहान्छु । नेपाल पुगेपछि यो पैसालाई तिमिले लुकाएर राख्नु त्यसपछि म नेपाल आउछु । दुबैजनाले आधाआधा बाढौला” भनी लेखिएको थियो । ५० हजार डलरको नेपाल ५७ लाख हुन्छ । ५७ लाख रुपैयाँ आफ्नो खातामा आउने भएपछि उनी मख्ख परे । त्यसपछि सुरुभयो ब्ल्याकमेलिङ । पुनर्वासका ती व्यापारीसंग सुरुमा केहि दिन सम्म मिठामिठा कुरा गरेर विश्वास जितेपछि कार्गोमा पैसा पठाइदिएको जानकारी दिए ! अर्को दिन पैसा भारत पुगेको र पैसा नेपाल ल्याउन ढुवानी खर्च आवश्यक परेको भन्दै कुरियर कम्पनी वाला बनेर अर्का व्यक्तिले इमेल गर्छन । इमेलमा ४५ हजार भारतीय रुपैयाँ लाग्ने बताईएको थियो । सोझा ती व्यापारी पैसा भारत सम्म आईपुगेछ अब नेपाल आउँछ भन्ने विश्वासमा ४५ हजार पठाईदिए !

तर त्यति पैसा पठाएर पनि सो कार्गो भने आएन उनले सोझपुछ गर्दा सामान धेरै भएकाले थप १ लाख ५० हजार भारतीय रुपैयाँ लाग्ने बताए । उनले थप रकम समेत पठाए ! त्यसपछि भने ह्वाट्सअप, इमेल, मोबाइल सबै बन्द भए कहिबाट प्रतिक्रिया आउन छाडेपछि मात्र आफू ठगिएको चाल पाए ।

यसरी दिनानुदिन नेपालीहरु ठगिने गरेका छन । यस्ता कल तथा म्यासेजमा विश्वास नगर्न नेपाल सरकारले नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.