web analytics

पूर्व खानेपानी मन्त्री बिना मगरको सक्रियता बढ्यो, भूमाफियालाई खबरदारी गर्न आग्रह

कंचनपुर ,  बैशाख०२ ।

पूर्व खानेपानी मन्त्री बिना मगरले जनतालाई जमिनको मालिक बन्न नदिन भूमाफीयाहरुको गिरोह सक्रिय भएको आरोप लगाउदै खबरदारीको लागी उठ्न जनतालाई आग्रह गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन तथा भेटघाटमा व्यस्त मगरले सो कुरा बताउनु भएको हो ।

बिहिवार आफ्नो निर्वाचन क्षेत्रको बेलौरीका विभिन्न विकास आयोजना शिलान्यास तथा अनुगमन गर्ने क्रममा पूर्व खानेपानी मन्त्री एवं संघीय सांसद बिना मगरले सो कुरा बताउनु भएको हो। उहाँले बेलौरीको वडानम्बर ९ को सुकुम्बासी बस्ती भ्रमण गर्दै जनतालाई भूमाफिया विरुद्ध खबरदारीको लागि उठ्न समेत प्रोत्साहित गर्नुभएको छ। आफुले ४० वर्ष सम्म भोगचलन गरेको जमिनको अर्कै व्यक्तिले लालपुर्जा देखाएर हट्न भनेको भन्दै समुदायवासीले गुनासो गरेको थिए ।

   बेलौरी नगरपालिका वडा नम्बर ९ सुकुम्बासी टोलमा २०५५ साल देखि बस्दै आएका हरीराम दमाईले अहिले आएर अर्कैले आफ्नो जमिन दाबी गरेपछि आफ्नो परिवारनै बिचल्लीमा पर्ने अवस्था आएको बताएका छन। उनको समर्थनमा जम्मा भएका सम्पुर्ण टोलबासिले आफुहरु त्रसित भएको भन्दै पुर्व मन्त्री मगर सँग दुखेसो पोखेका थिए।

गुनासो सुन्दै मन्त्री मगरले भन्नू भयो –

” बिगत लामो समय देखि कहि कतै सर्भे नापी भएको छैन, यदि कोहि ७५ /७६ को पुर्जा लिएर आउँछ भने त्यो भुमाफियाहरुको चलखेल हो। अबैधानिक ढंगले कसैले पनि त्यसो गरे त्यस्तालाई कार्वाहीको लागि कठघरामा उभ्याउन सबै लाग्नुपर्छ । “

आफुहरुले जनतालाई जमिनको मालिक बनाउनुपर्छ भनेर आवाज उठाएको र सो प्रक्रिया शुरु हुँदा पैसाको चलखेल गरि असली किसानलाई भुमिहीन गराउने कार्य कसैले गरेमा त्यो आफुलाई सह्य नहुने राय व्यक्त गर्नुभयो।

     मन्त्री मगर आफ्नो निर्वाचन क्षेत्रमा निक्कै आक्रमक शैलीमा भेट्घाट तथा अनुगमनमा केही दिन देखि नै निक्कै व्यस्त हुनुहुन्छ ।

बिहिवार मात्रै बेलौरी नगरपालिकामा ४ ठाउँमा शिलान्यास गर्न भ्याउनु भएको मगरले दर्जन बढि योजनाहरुको अनुगमन पनि गर्नुभएको छ । बेलौरी ८ मा जनज्योति मा.वि. को ४ कोठे भवन, संसद कोषबाटै बन्न लागेको रामपुर स्वास्थ चौकिको ४ कोठे भवन, सिद्धकेदार आधारभुत विद्यालयको पोखरीको पनि शिलान्यास गर्नु भएको थियो। साथै विभिन्न सडक, पुल र निर्माण आयोजनाहरुको समेत गर्नुभएको छ।


यसअघि मन्त्री मगरले लालझाडी क्षेत्रको अनुगमन गर्नुभएको थियो। लालझाडीका दर्जन बढी योजनाहरुको अनुगमन गर्दै उहाँले लालझाडिमा विकासको नयाँ अध्याय शुरु भएको बताउनुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.