कञ्चनपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कञ्चनपुर, ४ बैशाख ।
वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उनमा कडा खालको श्वासप्रश्वासको समस्या देखिएको थियो । शुक्रबार नै कोरोना संक्रमण देखिएको ती वृद्धलाई शुक्रबारनै अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
Comments are closed.