आज ८४३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, ४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ७५ पुगेको बताइएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
यस्तै पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।
Comments are closed.