web analytics

पुनर्वास-धनगढी हुलाकी मार्गमा भेटियो वेवारिसे कार

कञ्चनपुर, ११ बैशाख ।
पुनर्वास-धनगढी हुलाकी मार्गमा सनिवार दिउँसो बेवारिसे कार भेटिएको छ । बा१८च ७५३४ नम्बरको कार सडकबाट १० फिट तल नालामा खसेको अवस्थामा सिम्री नाला र दोदा नदीको बिचको बाटोमा भेटीएको हो ।
धनगढीबाट पुनर्वासतर्फ आईरहेको सो कारले एम्बुलेन्सलाई ओभरट्याक गर्न खोज्दा कार नालामा खसेको र दुईजना मानिसहरु कारबाट सकुशल निस्केर फोन गर्दै सिम्रीतिर लागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
धनगढीका काङ्ग्रेस नेता प्यारालाल रानाका छोराले गाडी चलाउने गरेको सोधखोज गर्दा पत्ता लागेपनी गाडी छोडेर जाने व्यक्तिहरुको पहिचान र अवस्था खुल्न सकेको छैन ।
गाडी कस्को हो ? किन गाडी छाडेर गए? प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.