web analytics

कञ्चनपुर र कैलालीमा आज रातीदेखि निषेधाज्ञा जारी ! राती ८ देखि विहान ५ बजेसम्म हिडडुलमा रोक,सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली

कञ्चनपुर र कैलालीमा आज रातीदेखि निषेधाज्ञा जारी ! राती ८ देखि विहान ५ बजेसम्म हिडडुलमा रोक,सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली

कैलाली-कैलाली र कञ्चनपुरमा आजदेखि निषेधाज्ञा हुने भएको छ। दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी गराए ।

‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ।’ उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई/तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ।
यस्तै दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमती बताईएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.