स्थिति भयावह हुने आंकलनपछि बाँकेमा पुर्ण लकडाउन घोषणा ।

कृष्ण बहादुर बुढा
वैशाख १३, बाँके/
बाँके जिल्लामा पुर्ण लकडाउन गरिने भएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले स्थिति भयावह हुने आंकलनपछि सोमबार राती १२ बजे देखि लागू हुने गरि बैशाख २० गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको जानकारी बाँके प्रशासनले दिएको छ।
कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको जारी आदेशमा उल्लेख गरिएको छ।
लकडाउन अबधिभरी अत्यावश्यक सेवा, शान्तिसुरक्षा, खाद्यान्न पसल, पेट्रोलियम पदार्थ, औषधि पसल, विद्युत, संचार र बैंकको ATM सेवा जस्ता अत्यावश्यक सेवा मात्र संचालन गर्न पाईने ब्यबस्था गरिएको छ।
त्यस्तै सवारी साधनमा दमकल, एम्बुलेन्स, कुटनैतिक तथा झन्डावाला सवारी साधन, लामो दुरिका सवारी तथा मालबाहक साधन, निर्माण सेवा, अत्यावश्यक सेवामा खटिने सवारी साधनलाई मात्र चल्न पाउने ब्यहोरा जानकारी गरिएको छ।
हेर्नुहोस बाँके जिल्ला प्रशासन कार्यालय द्दारा जारी आदेश !
Comments are closed.