web analytics

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुने

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ छ । उनका अनुसार लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ । देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्ने अवस्था देखिएको छ भने अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चिकित्सकहरुले बताएका छन् ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको छ भने पूर्वनिर्धारित परीक्षा पनि स्थगित गरिसकिएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.