कोरानाका कारण बाँसगढिमा एक शिक्षकाको ज्यान गयो।

कृष्ण बा बुढा
वैशाख १३
बर्दिया / बर्दियाको बाँसगढीमा कोरोनाका कारण एक जना शिक्षिकाको ज्यान गएको छ। बाँसगढी नगरपालिकाको वडा न ३ लखनाको पृथ्वी मा बि मा अध्यापनरत एक शिक्षिकको आज बिहान कोरोना को कारण निधन भएको हो।
विगत २५ बर्ष देखि अध्यापन गराउदै आएकी शिक्षिका को कोरोनाले ज्यान लिए पछि विद्यालय र समुदायमा त्रास थपिएको छ। मृतक शिक्षिका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालयले एक सहयोगि, मिलनसार, इमान्दार र लगनशिल शिक्षिका गुमाएकोमा दुख व्यक्त गरेको छ। साथै सबैलाई उच्च सतर्कता अपनाउन विद्यालयले सबैलाई अपिल समेत गरेको छ।
मृत्युक शिक्षिकाको दाहास्कार मानखोलामा नेपाली सेना तथा परिवारले गरेको छ ।
बर्दिया कोरोनाको उच्च जोखिममा रहेको भन्दै भोलि देखि निषेधाज्ञा गर्न निर्णय जिल्ला प्रशासन कार्यालय ले एक सूचना जारी गरिसकेको छ।
Comments are closed.