पुनर्वास नगरपालिकालाई लकडाउन गर्ने निर्णय ! विद्यालय देखि खुला सीमा बन्द

पुनर्वास । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारदेखि रात्रिकालिन लकडाउन गर्ने निर्णय गरेसंगै खुल्ला सीमासंग जोडिएको पुनर्वास नगरपालिकाले समेत नगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको मंगलबार बसेको बैठकले खुल्ला सीमाबाट हुने अवैध आवतजावत पुर्णरुपमा बन्द गराउने, विद्यालय बन्द गराउने जस्ता निर्णय गरेको छ । बैैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी निर्णय लागू गर्ने निर्णय गरेको छ ।
अघि पुर्णरुपमा बन्द भनिएको सीमा क्षेत्र रात परेपछि धेरै सामान ओसारपसार हुने गरेको सीमावासी स्थानीयले गुनासो गरेका थिए ! यसपटक पनि त्यस्तै अवस्था नहोस् भन्ने स्थानीयको चाहाना छ ।
भर्जुअल माध्यमबाट पढाउने विकल्प सहित कोभिड १९ को महामारी निकै फैलिरहेकाले विद्यालय सञ्चालन नगर्न भनेको छ । नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा कोरोनाका विरामीहरु देखापर्न थालेपछि विद्यालय बन्द हुनुपर्ने आवाज उठ्न थालेको थियो । नगरपालिकाको निर्णयमा वैशाख १५ गते देखि विद्यालय बन्द गर्न भनिएको छ ।

सरकारले स्थानीय तहले आवश्यकता हेरेर लकडाउन गर्न सक्ने निर्णय गरेको छ । सोही अनुरुप केहि दिन पर्ख र हेर को अवस्थामा रहेको पुनर्वास नगरपालिकाले अन्ततः लकडाउन गर्न बाध्य भएको छ ।
नगरपालिकाले भारतसंग खुला सीमा बन्द भनेतापनी सीमा बन्द हुनेमा स्थानीय भने विश्वस्त छैनन् । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीकै संरक्षणमा आवातजावत तथा सामान ओसारपसार भैरहेको स्थानीयले गुनासो गर्दै आइरहेका छन । यस अघि पुर्णरुपमा बन्द भनिएको सीमा क्षेत्र रात परेपछि धेरै सामान ओसारपसार हुने गरेको सीमावासी स्थानीयले गुनासो गरेका थिए ! यसपटक पनि त्यस्तै अवस्था नहोस् भन्ने स्थानीयको चाहाना छ
।
जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशन बारे समाचारका लागि यहाँ हेर्नुहोस ।
Comments are closed.