web analytics

कञ्चनपुरमा बिहिवार थप २ कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या २५ पुग्यो

कञ्चनपुर । कञ्चनपुरमा थप २ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे र दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।
भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले मानसखण्डसंग बताए ।
यस्तै,दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो ।
बुधवार भीमदत्त नगरपालिका–१९ का ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने, प्रदेशमा मृतकको संख्या ७२ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ । साथै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन चिकित्सकहरुको आग्रह रहेको छ । मानसखण्ड बाट साभार 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.