web analytics

पत्रकार महासंघ डडेल्धुरा शाखा भवन भत्काईयो, पत्रकार महासंघ सुदूरपश्चिम समितिद्वारा कार्वाहीको माग

धनगढी । नेपाल पत्रकार महासंघ डडेल्धुराको नवनिर्मित भवन तथा सु.प.प्रदेश स्तरीय सूचना केन्द्र भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ । यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीले एक विज्ञप्ति निकाली विरोध गरेको छ ।
बिहीबार जानकारी तथा सूचना विना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर भवनमा क्षति पुर्‍याएको घटनाप्रति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको गम्भीर ध्यानाकर्षण भएको हो । महासंघ प्रदेश समिती अध्यक्ष योगेश रावलले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको वास्तविकता छानविन गरेर दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।
प्रेस विज्ञप्तीमा भनिएको छ,”महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर त्नि तले पक्की भवन पनर्माण गरेको र सो को जग्गा भोगााधिकार समेत माहसंघसँग रहेको अवस्थामा भएको उक्त घटनाप्रतिनिन्दा व्यक्त गर्दै घटनाको वास्तविकता छानविन गरेर दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि महासंघ जोडदार माग गर्दछ ।”
यस्तै अगाडी भनिएको छ,”प्रेस स्वतन्त्रताको रक्षा गर्दै नागरिकको सूसुचित हुन पाउने अधिकार सुरक्षाका लागि अहोरात्र खटिने पत्रकारहरुको साझा संस्था महासंघको भवन भत्काउने जस्तो कार्य प्रस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको महासंघको ठहर छ ।”

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.