web analytics

आज ५७६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, वैशाख १८ ।
पछिल्लो २४ घण्टामा ५७६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।
नेपालमा काेराेनाबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी दुई हजार ४ सय ९५ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ।
गत २४ घण्टामा १२८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.