web analytics

दाङ तुलसिपुरमा ३ दलित बालकको रहस्यमय मृत्यु भारतीय कार मा भेटियो तीन बालकको शव

धनबहादुर बिक
दाङ तुलसीपुर
प्रदेश नम्बर ५ दाङ तुलसिपुर उपमहानगरपालिका ६ बलुवा गाउँमा अाईतबार तीन बालकको रहस्यमय ढंगले मृत्यु भएकोअवस्थामा शव फेला परेको छ ।
चार दिन अघि वेपत्ता तिनजना अबोध दलित थरका बालकको शव भारतीय नम्बरको कारमा मृत अवस्थामा तुलसीपुर उपमहानगरपालिका ६ स्थित स्याउले मा शव फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुर ले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका ६ गाईडर निवासि भिम बहादुर परियारका छोरा १० बर्षिय सन्देश परियार , सन्तोष परियारका ७ बर्षिय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षिय छोरा करण परियार खुल्न अाएको जानकारी मा अाएको छ ।


नावालक छोराहरू हराएको मृतक बालकका परिवारले तिनदिन अघि खोजविनका लागि प्रहरीलाई लिखित जानकारी गराएका थिए भने तुलसीपुर उपमहानगरपालिका ६ स्याउलेमा बेवारिसे अवस्थामा रहेको भारिय नम्बरको कारमा गाउलेहरूले शव रहेको प्रहरीलाई जानकारी दिए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले उक्त तिनजना नावालक हरूको शव फेला पारेको थियोे ।
अार जे अो १ सि सि ०८८५ को हरियो कलरको भारतीय कार भित्र बालक हरूको शव फेला परेको छ भने दु्रगन्ध फैलिसकेको बालकको शवलाई अाईतबार राप्ती प्रादेशिक अस्पतालमा पोष्टमारणटमका लागि लगिएको प्रहरीले जनाएको छ ।


केहिदिन अघि दाङ तुलसीपुर का स्थानीय यादव गैरेले एकदिनका लागि भन्सार राजस्व तिरी उक्त कार निजि प्रयोजनका लागि लिएको र कोरोना भाईरस कोभिड का कारण तत्काल कार फिर्ता गर्न नसकिएको ले उक्त का, नेपाल मै रहेको गैरेलाई उद्रित गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी निरिक्षक झलक प्रशाद शर्माले बताए ।
प्रहरीले कार संग सम्बन्धित गैरेलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ भने मृतक बालकको शवको पोष्टमार्टम रिपोर्ट अनुसन्धान पछि वास्तविक दोषी पत्ता लगाई कानुनि दायरामा ल्याईने प्रहरी निरिक्षक शर्माले बताएका छन ।
घटना बारे सत्य तथ्य पता लगाई दोषी हरू जोसुकै भएपनि कानुन बमोजिम कडा कार्वाही गर्नुपर्ने नेपाल दलित मुक्ति अभियान केन्द्रीय उपाध्यक्ष कमला परियार , नेपाल दलित मुक्ति अभियान प्रदेश नम्बर ५ का अध्यक्ष छवि परियार केन्द्रीय सचिवालय सदस्य निर्मला बिकले जोड दिएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.