web analytics

खान्दानी छोरी खोज्दै आए मिस्टर आर.जे.

काठमाडौ  – मिस्टर आर जे र गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । युवा पुस्ताका लोकप्रिय र्यापर तथा गायक मिस्टर आर जे ले ल्याए नया गित ईश्वरी बरालको स्वर रहेको ‘खानदानी छोरी’ गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे) को ¥याप र भट्टले नै संगीत गरेका छन ।भने यश गीतको शब्द टुरिष्ट जङग विकले लेखेका हुन् ।

मिस्टर आर जे भनेर चिनिने (राजेन्द्र भट्ट)
सुदुर पश्चिम् प्रदेशको कंचनपुर जिल्ला निवासी हुन । काठमाडौलाइ कर्म थलो बनाउदै आएक आर जे युवा पुस्तामा सर्बाधिक रुचाइएका र्यापर तथा गायक हुन।

गित संगीतलाइ आफ्नो कर्म र जीवन सोच्न्ने भट्टले अनमोल केसि द्रारा अभिनित नेपाली चलचित्र क्री मा समाबेश गित “यति यति पानि”गितमा संगित र र्याप दिएका थिए ।एक समय थियो बिबाह पार्टी देखि हरेक खुसियालीमा र्याप गितले खुबै मार्केट लिएको थियो । तर बिस्तारै यो ट्रेन चेन्ज हुँदै गर्दा पनि दर्शक श्रोताको रोजाइ र चाहना भने उत्तिकै छ                             

समय अनुसार आफुलाइ र संगीतलाई बुझेका मिस्टर आर जे ले थुप्रै हिट गित दिएका छन । “ए मुना” देखि “कम छैन डलर”, “कमरैको ट्याटु” “पिच रोड” लगायतका थुप्रै हिट गितहरुले मार्केट जमाएका आर.जे आफुलाइ र्यापर मात्र नभइ कृएटिभ म्युजिक कम्पोजर एन्ड संगित प्रेमी भन्न रुचाउँछन् ।                                                                                   

उसो त उनिभित्रको प्रतिभा र क्षमता दर्शक स्रोता देखि संगितकर्मी सम्मले नचिनेका भने होइन । देश देखि बिदेश सम्म विभिन्न प्रोग्राममा बिजि भट्ट यतिबेला लक डाउनको समय आफ्नो गृह जिल्ला कंचनपुरमा परिवार संग बिताइ रहेका छ्न ।

                           

अहिले लाई उनी द्रार र्याप र संगित भरिएको गित “खानदानी छोरी” नामक यो भिडियो सार्बजनिक गरिएको छ । यश गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । भने प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् ।
यश गितलाई मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन ।                                                                                         

म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।साथै ¥यापर भट्टको पनि अभिनय देख्न सकिन्छ । इक्षिता, बिक्षिताको यो पहिलो म्युजिक भिडियो हो । उसो त टिकटक स्टारहरु लाई डेब्यु गर्ने प्रचलन नै छ ।छायांकन अर्जुन तिवारी एन्ड टिमले गरेका छन कोरियाग्राफी राजिब समरको रहेको छ ।

                         

सह सम्पादन बिबेक सुनार हुन भने Ve/CG सुपृम पराजुलीले गरेका छन । यश भिडियोका निर्देशक सान थापा हुन । यश गितकी गायिका इश्वरी  बरालको यस अघि पनि ‘नरिसाउन होइ’ गीतले राम्रो चर्चा बटुलेको थियो । हेर्नुस् भिडियो  मिस्टर आरजे युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :- 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.