देशभर वर्षा हुँदै, भोलिसम्म बर्षा हुनसक्ने

काठमाण्डौ,२२ बैशाख ।
अहिले प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो । काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको मौसमविद्ले जानकारी गराएका छ्न ।
भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Comments are closed.