नरहरि प्रेमी र नब गायिका अपेेक्षाको ‘मेरो मन तिमी’ सार्बजनिक

काठमाडौ : लोकप्रिय सङ्गीतकार तथा गायक नरहरि प्रेमी र गायिका अपेक्षा खनालको युगल स्वरमा रहेको गीत मेरो मन तिमी नामक भिडिओ सार्वजनिक भएको छ l
पुष्पा पौडेलको शब्दरचनामा रहेको यो गीतमा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ/माष्टरिङ सन्तोष पौडेलले गरेका हुन् l भिडिओमा राजकुमारको सम्पादन रहेको छ l प्रेम समर्पण भावमा रहेको यस गीतमा एक अर्काप्रतिको अगाध प्रेम प्रकट गरिएको छ l
श्रुति सङ्गीत विद्यालयका संस्थापक तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमी लामो समय अघिदेखि सङ्गीत एवं गायन क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका भर्सटायल सर्जक/कलाकार हुन् l उनले आधुनिक, पप र चलचित्रका गीतमा समेत सङ्गीत तथा स्वर दिँदै आएका छन् भने अपेक्षा श्रुति सङ्गीत विद्यालयकै जेहेन्दार विद्यार्थी हुन् ।उसो त प्रेमी का थुप्रै चेला चली उत्पादन गरि सकेका छन ।
नयाँ प्रतिभालाई हौसला र साथ दिनु पर्छ भन्ने हेतुले होला नरहरि प्रेमी संग प्राय उनै संगीत विध्यालयमा संगित सिकिरहेका विध्यार्थी भाइ बहिनीहरुको नै सहकार्य गरेको देखिन्छ ।
यो भन्दा अगाडि पनि नरहरि प्रेमीकै संगित र रामकृष्ण ढकालको स्वर रहेको राष्ट्र भक्ती गित मेरो देश नामक गितको भिडियोमा महानायक राजेश हमाल र नरहरी प्रेमी को अभिनय देख्न सकिन्छ । यस्तै उनको अर्को गित नौ डाडा काटेपछिले पनि राम्रो मार्केट लिएको थियो ।
भिडियो मा नरहरी प्रेमी र गायिका अपेक्षा खनाललाई देख्न सकिन्छ । उक्त भिडियो नरहरि प्रेमी अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।
यो हेर्नुस् भिडियो
Comments are closed.