मनोकारी परोपकारी नायक पल शाह अक्सिजन बोक्दै

काठमाडौ : हिरो अर्थात नायक यो शब्दमा जति ताकत छ सायद रिल लाइफमा भन्दा रियल लाइफमा कमै अन्य नायकहरु भेटिन्छन होला । किन कि असल जिन्दगीमा यस्ता कमै हिरोहरु हुन्छन जो आफ्नो लागि मात्र नभइ अरुको लागि जिउने गरेको पाइन्छ । समाजका तेस्ता नायक जस्ले हरेक आपत बिपतमा आफ्नो स्वार्थ भन्दा माथी उठेर समाजका लागि केही गरेका उदाहरण छ्न ।
यस्तै एक जना नायक हुन । पल शाह आज उनले गरेको यो मनोकारी कार्यले मनोरञ्जन दुनियाँ मात्र नभइ वास्तविक दुनियामा पनि उनी हिरो नै रहेछ्न भन्ने कुरा प्रमाणीत गरिदिए । बिश्व कोभिड 19 को चपेटामा परेका बेला दिन दुखीलाई खाना खुवाउने देखि लिएर गरिब बटुवाहरुको शाहरा बन्न पुगे पल शाहा हालको यो दोस्रो चरणको कोभिट भेरिएन्टको चपेटामा कयौ नेपालीअरु उपचार नपाएर मरिरहेका बेला एउटा आशाको दियो बाल्दै ती दुखी गरिबका लागि अक्सिजन बोक्दै हिड्ने एक मात्र नायक हुन पल शाह
कोरोनाले भन्दा पनि बेलैमा अक्सिजन नपाएर मर्ने अवस्था सृजना भए पछि टिम पल शाह लगायत हाम्रो टिम नेपालले यो अभियान सुरु गरेका हुन । कोरोनाको कारण फिल्म क्षेत्र ठप्प भए यता डिजिटल प्लेट फोर्म अर्थात म्युजिक भिडियोले खुबै मार्केट लिएको देखिन्छ । यस्तै डिजिटल प्लेट फोर्म युटुब मार्फत रिलिज हुने म्युजिक भिडियोहरुको निर्माण व्यापकरुपमा भए यता बेस्त मोडेल iभित्र पर्ने एक नाम पल शाहा पनि हो ।
अन्य मोडेलहरु भन्दा बढी पारिश्रमिक लिने तर युटुबमा भिउज नजाने भन्दै पल शाहका बारेमा अडक्ल बाजि मच्चाउनेहरुका लागि यो गतिलो झापड हुन सक्छ ।
किन कि यस्तो कार्य र यो सोच अनि समाज प्रती उदारता देखाउने नायकको पारिश्रमिक को मुल्य नै हुदैन किन कि उनको यो कदम र समाज प्रतिको सद्भावले नै उनलाइ उच्च श्रेणीमा राख्दछ । “घरमा बसौ ज्यान रहदैन हस्पिटल जाउ घर रहदैन” भन्ने भनाइ अहिले ट्रोल नै बनेको छ । कारण हस्पिटलहरुको चर्को शुल्क असुली गर्ने धन्दाले गर्दा कतिपय गरिबहरु सामान्य रुघाखोकी र जोरोका कारण समय मै उपचार नपाई ज्यन गुमाउनु परेको हामिले देखेका छौ ।
आशा गरौ यो बिषम परिस्थिति बाट छिटै छुटकारा मिलोस र पल शाह जस्तै अन्य सहयोगी नायकहरु निस्किउन यो जटिल परिस्थितिमा अझ सहयोग र साथ अनि सहयोगीहातहरु सहित अहिलेको यो अवस्थालाई सहजीकरण होस कोहि पनि अकालमै उपचार नपाएर मर्न नपरोस श्री पशुपतिनाथले सबैको रक्षा गरून्… आवस्यक ब्याक्तीहरुले समपर्क गर्नु होला
Comments are closed.