web analytics

दाङ दलित बालक हत्या प्रकरण : हत्यारा सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतक बालकका आफन्तको भनाइ

धनबहादुर बिक
दाङ , तुलसिपुर
दाङको तुलसीपुरमा एक भारतीय कारमा रहस्यमय ढंगले ३ जना अबोध बालक मृत फेला परेको घटनाले देशैभरी चर्चाको बिषय बनेको छ ।
गत शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्याउलेमा भारतीय नम्बर प्लेट भएको हरियो कारमा तीन जना कलिला बालकको शव फेला परेपछि घटनाले चर्चा पाएको छ भने उक्त घटनाले तुलसिपुर उपमहानगरपालिका स्थानीय प्रशासन र स्थानीय सरकारलाई ठूलै चुनौतीको सामना गर्नुपरेको छ ।
पाँच दिनअघि बेवारिसे भारतीय कारमा अवस्थामा मृत फेला परेका मृतक बालकका अाफन्तले हत्यामा संलग्न दोषी हरूलाई पत्ता लगाई कानुनी कार्वाही नगरिए सम्म शव नबुझ्ने जनाए पछि प्रहरी प्रशासनलाई थप चुनौती को सामना गर्नुपरेको हो ।
बैसाख १४ गते बेपत्ता भएका बालक हरूको शव बैसाख १८ गते उपमहानगरपालिका ६ स्याउलेमा बजारमा रोकिराखेको अवस्थामा आरजे ०१ सीसी ०८८५ भारतीय नम्बरको गाडीमा गन्हायको अवस्थामा तीन बच्चाको शव भेटिएको थियो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो । मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो । अभिभावकहरूले १६ गते बच्चा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

गाडी केही दिनअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ सिंहले भने, ‘घटना गम्भीर छ, हामी सूक्ष्म अध्ययन गरिरहेका छौं ।’

यसरी भेटियो कारभित्र शव
बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनी अरुण बुढा मगरले शनिबार बेलुका साढे ५ बजेतिर पानी लिएर आएको ट्रयाक्टरलाई साईड दिन पार्किङ गरि राखेको आफ्नो बस ब्याक गर्न आए । घटनास्थलको दश मिटर जति टाढा सडकको नाला निर्माण भइरहेको छ । त्यहीँ सडकमा उनको गाडी लकडाउनका कारण पार्किङमा राखिएको छ ।
बुढामगर घटनास्थल नजिकै बस्छन् । उनले पानी बोकेर आएको ट्रयाक्टरलाई साईड दिएपछि फेरि त्यही ठाउँमा गाडी रोकेर राखे । ठिक त्यही बेलामा उनकै घरमा बस्ने एक जना फुच्चे केटाले ‘दाइ यो कारको त लाईट बलेको छ नि, भनेर देखाइदिए ।’
अघिपछि बत्ति नबल्ने कारका सबै बत्ति कसरी बले भनेर हेर्न उनी कार नजिक पुगे । त्यसको वरिपरी अन्य घर पनि छन् । तर, जब उनी कार नजिक पुगे कारको बुनोटभरि झिँगा भन्केको देखे । यसो नियालेर हेर्दा मानिस भित्र नाङ्गै सुतेझैं देखे ।
त्यो देखेर उनी चिच्याउँदै भागे । आसपासका मानिसलाई यो गाडी भित्र केही छ भनेर बोलाए । नजिकै घर घएका दुई(चार जना मानिसहरु जम्मा भए । त्यसपछि फेरि उनीहरू सँगै गएर हेर्दा गाडी भित्र तीन वटा बच्चाका शब देखे ।
त्यसपछि घटनाबारे प्रहरीलाई खबर भयो । प्रहरी पुगेर वरिपरी घेरा हालेर राख्यो । केही बेरमा त्यो कुरा जताततै फैलियो । मानिसहरु जम्मा भए ।
घटनाको अगुवाइ नेपाल दलित मुक्ति अभियान लगायत अधिकारवादि संघ संस्था हरूले गरेका छन , यसैबिच अभियानले बालक हत्यारालाई यथासिघ्र पक्राउ गरि कानुनी कार्वाही गरिनुपर्ने दवाव सहित प्रेस बिज्ञ्यप्ति सार्वजनिक गरेको छ , अभियानका केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिक द्वारा हस्ताक्षरित बिग्यप्ति मा बालक हत्यारा जोसुकै भएपनि सम्बन्धित प्रशासनले छिटोभन्दा छिटो पक्राउ गरि कानुन बमोजिम कार्वाही हुनुपर्ने माग गरेको छ । सोझासाझा दलितका बालबालिका लाई अपहरण गरि हत्या गरिंदा समेत राज्य मौन हुनुले सिङ्गो दलित समुदाय राज्य प्रति निरास हुनुपरेको बिग्यप्तिमा उल्लेख छ ।
जवसम्म प्रशासनले बालक हत्यारालाई सार्वजनिक गर्दैन सिङ्गो दलित समुदाय न्यायका लागि निरन्तर दबाब दिईरहने नेपाल दलित मुक्ति अभियान कि केन्द्रीय सहसचिव लिला बिक ले बताईन ।
हामी भोकै प्यासै भए पनि कडा अान्दोलन गर्न तयार हुनेछौं तर प्रहरी प्रशासनले हत्यारालाई सार्वजनिक गर्नुपर्ने मृतक बालकका हजुरबुवा कृष्ण गन्धर्व ले जोड दिए ।
उक्त घटना मा पिडितलाई न्याय का लागि नेपाल दलित मुक्ति अभियान लुम्बिनी प्रदेश अध्यक्ष छवि परियार केन्द्रीय सहसचिव लिला बिक , केन्द्रीय उपाध्यक्ष कमला परियार , केन्द्रीय सचिवालय सदस्य निरणमला बिक , नेकपा माअोवादी विप्लव समूह जिल्ला सदस्य सुरज परियार लगायत ले पिडितलाई न्यायका लागि एकढिक्का भएर सक्रिय हुँदै अाएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.