दलित समुदायहरुको पबित्र मन्दिर भत्काउने गैर दलित ‘मान बहादुर खत्री’ लाई कार्बाहीको माग गर्दै जुटे पुनर्वासका दलित युवाहरु..
उसो त मन्दिर चर्च, गुम्बा ,यी सबै सार्बजनिक स्थल हुन तर हाम्रो यश सीता बस्तिको शिब मन्दिरलाई सुरुवात देखि हामिलेनै बनाएता पनि सबै जाती समुदायको उत्तिनै पहुच पुगेस भन्ने हेतुले यश मन्दिरको संरक्षण गर्दै आएका हौ । तर अन्य समुदायले यश मन्दिरलाई तेति चासो नदिएको र दलित समुदायहरुको मन्दिर हो । भनेर भन्ने गरेको गुनासो यदा कदा सुन्नमा आएको कुरा स्थानीय शिव मन्दिर संरक्षक भक्तजनहरुको भनाइ छ ।

सन्त समाज प्रबन्ध समिति ( शिव मन्दिर ) पुनर्वास ९ सितावस्ती को मातहत मा रहेको १० कट्टा जमिन मा पुनर्वास नगरपालिका बाट पर्खाल निर्माण कार्यका लागि ५ लाख बिनियोजन गरेको र मन्दिर परिसर भित्र पर्खाल निर्माण कार्यको मिति २०७८ बैशाख ३ गते नगर प्रमुख श्री जीवन राज थापा ज्यु ले सिलन्यास गरि काम सरुवात गरे लगत्तै बैशाख १९ गते राति करिब १२ बजे र २३ गते राती करिब २ बजे यश शिव मन्दिर परिसरको पर्खाल भत्काएर स्थानीय मान बहादुर खत्रीले आफ्नो हैकम देखाएका छ्न । यो एउटा चुनौती र जातीय दोन्द निम्त्याउने खालको कार्य हो ।
किन कि कुनै जाती समुदाय प्रती लक्षित गरेर कोहि कसैले यस्तो हर्कत गर्छ । भने त्यो कानुन बिपरित हो । अबैध रूपमा मन्दिर को नाममा फिल्ड बुक कायम भएको १० कट्टा जमीन बाट १५ धुर जमिन आफ्नो नाममा बनाएको भनी दाबी गर्दै आएका खत्रीले सो जमिन
आफ्न्नो स्वामित्वमा रहेको हुदा तिमिहरुले मेरो केही बिगार्न सक्दैनौ भन्दै दलित समुदायको बाहुल्यता रहेको मन्दिर लाइ भत्काउने प्रयास गरेका छ्न । बिगत २०३० साल देखि शिव मन्दिर स्थापना गरि चलनभोग गर्दै
आएका दलित समुदाय प्रती खत्रीले गरेको हेपाहा प्रबृत्ति कहिले सम्म ! सहने भन्दै स्थानीय युवा लक्षम सुनार आक्रोसित भएका छ्न । मन्दिर निर्माण, गेट निर्माण, पार्क निर्माणका लागि भक्तजन बस्ने घर, चौतारो आदि भौतिक पुर्वाधार निर्माण गर्न सितावस्ती का सम्पुर्ण दलित समुदायहरुले मुठी दान र आर्थिक सहयोग गर्दै यहाँ सम्म पुर्याएका “यस मन्दिरलाई दान दिनु पर्ने त कता हो कता उल्टै मन्दिरको जमिन हडपेर आफ्नो बहादुरी र जातिबाद हैकम देखाउदै आएका मान बहादुर खत्री भनेर चिनिने स्थानीय खात्रीको यो हर्कत कति सम्म निच रहेछ । भन्ने कुरा गत रति दुई पटक मन्दिर प्रखाल भत्काउदै खत्रीले मन्दिर प्रतिको आस्था र हामी दलित समुदाय प्रतिको उनको तानाशाह व्यबहार देखाएका छ्न ।भन्दै सन्त समाजका भक्त प्रेम सुनारले बताए “।
यो घटना दलित समुदाय माथी को दमन हो । यदि यो घटना को छानबिन सहित कडा कार्वाही भएन भने जुनसुकै प्रतिवाद गर्न समेत पछि नहट्ट्ने र यश घटनाको प्रतिवाद गरि कानुनी उपचार समेत खोज्ने र दोषीलाई कडा कार्वाही सहित सम्बन्धित निकायमा आवश्यक पहल गर्ने र स्थानीय निकाय पुनर्वास नगरपालिका ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती, लगायत सरोकारवाला सम्पुर्ण निकाय पत्रकार, सम्पुर्ण राजनीतिक दल, आम बुद्धिजिबि समाज सेवि लगायत सम्पुर्ण पक्ष लाई सार्वजनिक सम्पत्ति को संरक्षण गर्न का लागि सहयोग गरिदिन
(सन्त समाज प्रबन्ध समिति शिव मन्दिरका अध्यक्ष) श्री खड्क बहादुर सुनारको अपिल…
Comments are closed.