web analytics

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित “सुनको महल” युटुबमा सार्वजनिक

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित “सुनको महल”बोलको आधुनिक गितको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । दर्जनौं लोक तथा आधुनिक गितको भिडियोहरुमा अभिनय गरेर मोडल रावल वर्तमानमा निकै चर्चामा छ्न । चकलेटी अनुहार, बलिष्ट शरीर र मनमोहक अभिनय क्षमता भएका मोडल रावल सुदुरपश्चिमबाट उदाएर वर्तमानमा देश तथा विदेशका लाखौं प्रशंसकको मन जित्न सफल भईसकेका छ्न ।
उनै मोडल सुरज रावलको अभिनयमा रहेको आधुनीक गित “सुनको महल” आज बाट एक्सन मिडिया युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गितमा गायक मदन डाँगिको स्वर, लय तथा शब्द पोषण डाँगीको रहेको छ ।
भिडियोमा सुरज रावललाई नायिका तथा मोडल रचना लामाले साथ दिएकी छिन ।म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन । हेर्नुस् भिडियो

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.