web analytics

माधव पक्ष बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने निर्णय

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए । उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.