web analytics

अमेरिकाको मेरिल्यान्डमा गोली चल्दा एक नेपालीको मृत्यु

अमेरिकाको मेरिल्यान्डस्थित उडल्यान्डमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा एक जना नेपालीको मृत्यु भएको छ। गोलीकाण्डमा संखुवासभा स्थायी घर भएका वर्ष २९ का सागर घिमिरेको मृत्यु भएको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन्।
स्थानीय समयअनुसार मे ८ मा उक्त घटना भएको थियो। ‘हिजो मे ८ तारिखको दिन अमेरिकाको मेरिल्याण्डमा रहेको उडल्यानमा भएको अकल्पनीय दुर्घटनामा हामीहरुले नेपालमा संखुवासभा स्थायी घर हुनु भएका वर्ष २९ का सागर घिमिरेलाई गुमाउनु परेको पीडा सार्वजनिक गरेका थियौं,’ भण्डारीले भनेका छन्, ‘यस दुखद घडीमा पुन एक पटक हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दे शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छौं।’
घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको उडल्यानमा बस्दै आएका थिए। गोली काण्डसँगै उनी रहेको घरमा आगजनी समेत भएको जनाइएको छ। आक्रमणकारीको प्रहरीको गोलीबाट मृत्यु भएको छ। घटनामा परी अर्का एक जना नेपाली घाइते भएको बताइएको छ। घटनापछि घरसमेत जलेको बताइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.