web analytics

व्यापारीहरुमा कोरोना फैलिएपछी पुनर्वासको आईबिआरडी बजार सील

,जनस्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन आग्रह

कञ्चनपुर, २८ बैशाख ।
व्यापारीहरुमा कोरोना संक्रमण फैलिएको भन्दै पुनर्वासको आईबिआरडी बजार आज मंगलबार बेलुकी छ बजेदेखि आगामी जेठ दुई गतेसम्म सील गरिएको छ । कालिका बजार व्यवस्थापन समिति र अस्थायी प्रहरी पोष्टको संयुक्त पहलमा बजार सील गरिएको सूचनामा जनाइएको छ । बजार सील गरीएपछी बजारमा आवतजावत र हिडडुल पूर्णरूपमा बन्द हुनेछन् । अस्थायी प्रहरी पोस्ट आईबिआरडीका ईञ्चार्ज बिष्णुसिंह धामीले माईकिङ गर्दै सो सूचना सार्वजनिक गरेका छन । सूचनामा जनस्वास्थ्यका मापदण्ड अपनाई सबैलाई सुरक्षित रहन आग्रह गरिएको छ ।पुनर्वासमा तस्करहरुको आवतजावत हुनु र सिमावर्ती भारतीय बजारबाट दैनिक लाखौंको सामान तस्करीको माध्यमबाट भित्रीरहेको कारणले पनि यस क्षेत्र कोरोना संक्रमण फैलिरहेको स्थानीयहरु बताउँछन । चोरी तस्करीमा दर्जनभन्दा बढी महिलाहरूको समूह सक्रिय रहदा पनि प्रहरीले केही गर्न नसकेको व्यापारीहरुको गुनासो छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.