भारतमा बुधबार अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ ।
बुधबार भारतमा चार हजार २०५ जना संक्रमितको ज्यान गएको छ र जुन संख्या हालसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।
यसअघि मे ७ तारिखमा चार हजार १८७ जनाको मृत्यु भएको थियो । तर बुधबार त्योभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । भारतमा दुईहप्तामा मात्रै झण्डै ५० हजार संक्रमितले ज्यान गुमाउन पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारको आंकडासँगै त्यहाँ अहिलेसम्म कुल दुई करोड ३३ लाख ४० अजनर ९३८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
तर मृतकको संख्या उच्च बिन्दुमा पुगे पनि १८ वटा राज्यमा भने दैनिक संक्रमितको संख्या घटेको देखिन्छ । यसरी संक्रमितको दैनिक संख्या घटिरहेका राज्यमध्ये महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, राजस्थान, बिहार, छत्तीसगढ, गुजरात, मध्यप्रदेश र तेलंगाना छन् ।
Comments are closed.