कोरोनासंग लडन कञ्चनपुरकि लक्ष्मी श्रेष्ठले सुरु गरीन “सँगसँगै” अभियान

कञ्चनपुर, २९ बैशाख ।
कोरोनालाई परास्त गर्न कञ्चनपुरकी लक्ष्मी श्रेष्ठले “संगसंगै” अभियानको सुरुवात गरेकी छिन् ।
“सँगसँगै” अभियानको पहिलो दिनमै एक लाख बढि रकम संकलन भएको जनाइएको छ । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरिएको श्रेष्ठको भनाइ छ । पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका हौँ,’ उनले भनिन् । ‘जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नु भन्दा पालिकास्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाहरुको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ ।’
अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगाएत उदेश्य राखी यो अभियान सञ्चानल गरिएको संयोजक श्रेष्ठले बताईन् ।
सहयोगी दाता, संघसंस्थाहरूले पनि सहयोग गर्दा पालिका भित्रका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गर्नु पर्यो,‘ उनले भनिन् । ‘यसो गर्दा ग्रामीण भेगका संक्रमितहरु जिल्ला सम्म पुग्नु पर्दैन, अस्पतालमा ठाउँ नपाएर भौतारिनु पर्दैन, अस्पतालले हामिले थेग्न सकेनौ भन्नु पर्दैन ।’ यसका लागी स्थानिय सरकार, स्वास्थ्य निकाय, सरोकारवाला निकायहरुलाई पनि यसतर्फ लाग्न उनले आग्रह गरिन् ।
पहिलो चरणमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका सम्म लैजाने योजना रहेको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन् ।
सँगसँगै अभियान सम्बन्धि पुनर्वासका सचेत युवा हिमेश थापाले सामाजिक सञ्जालमा पाेष्ट गर्नुभएकाे थप सामग्री :-
हामीले आजदेखि आधिकारिक रूपमा अभियान ‘सङ्गसगै’ सुरू गर्यौं। अभियानको पहिलो दिनमा रु १ लाख ५ हजार ४ सय चन्दा संकलन गरिएको छ। सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद ।
मद्दत गर्न चाहनेहरूको लागि नाम: लक्ष्मी श्रेष्ठ खाता नम्बर 160600187876666000010 बैंक नाम: NMB बैंक, बेलौरी शाखा Esewa ID: 9868216430
अभियानको बारेमा कोभिड महामारीको यो समयमा कोभिडको दोस्रो लहरको जोखिम व्यवस्थापन गर्नका लागि सहयोग पुर्याउने हेतुले हामी केही युवाहरु मिलेर आज देखि यो अभियान सञ्चालन गरेका छौं ।
यो अभियान कञ्चनपुर जिल्लाको बेलौरी & पुनर्वास नगरपालिकाबाट सुरु गरिएको छ। यस अभियानको मुख्य उद्देश्यहरु – ‘अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने र कोभिड संक्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने’ रहेको छ ।
पहिलो चरणमा यस जिल्लाको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेलडाडी गाउँपालिका र लालझाडी गाउँपालिका भित्रका स्वास्थ्य संस्थालाई सहयोग गर्ने योजना रहेको छ । यी पालिकाहरुलाई के कस्ता स्वास्थ्य सामग्रीहरुको आवश्यकता छ भन्ने बारेमा पालिकाहरुसंग सहकार्य भैरहेको छ ।
हामीले व्यक्ति, समुदाय स्तरका समुह, सञ्जाल, स्थानीय सरकार, स्वास्थ्य केन्द्र तथा यससँग सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरि अघि बढिरहेका छौं । केही मनकारी व्यक्तिहरुले यस अभियानलाई सहयोग गर्न आर्थिक सहयोग गर्न सुरु पनि गरिसक्नु भएको छ । र अहिलेसम्म रु १ लाख ५ हजार ४ सय जम्मा भएको छ ।
सहयोगी हातहरु:
१. रोशन चौधरी, बेलौरी नगरपालिका ४ – रु५०० २. राज भुषाल, पुर्नवास नगरपालिका ८–रु५०० ३. रमेश विश्वकर्मा, पुर्नवास नगरपालिका ५ – रु१००० ४. विर सिंह धामी, बेलौरी नगरपालिका ४ – रु१००० ५. दिपक सुनार, बेलौरी नगरपालिका ४ – रु१००० ६. प्रशान्त विक्रम जैरु, महेन्द्रनगर– रु१००० ७. राघव श्रेष्ठ, बेलौरी नगरपालिका ४ – रु११०० ८. कृष्ण श्रेष्ठ, पुर्नवास नगरपालिका ५ – रु११०० ९. रमेश भण्डारी, बेलौरी नगरपालिका ४ – रु२१०० १०. अशोक श्रेष्ठ, बेलौरी नगरपालिका ४ – रु२१०० ११. सुरेश तामाङ्ग, पुर्नवास नगरपालिका २ – रु५००० १२. दिपक श्रेष्ठ, कृभ्सन विजनेस अर्गनाईजेशन, पुर्नवास नगरपालिका ५ – रु५००० १३. दिपक रावल, बेलौरी नगरपालिका ४, हाल अमेरिका – रु५००० १४. अनिता चन्द, पुर्नवास नगरपालिका १, हाल अष्ट्रेलिया – रु९००० १५. सागर गैरे पुर्नवास नगरपालिका ४, हाल अष्ट्रेलिया – रु१०,००० १६. दिपेन्द्र विष्ट, कार्यकारी निर्देशक, उग्रतारा बाल बिधालय, बेलौरी नगरपालिका ४– रु१०,००० १७. लोक(सागर) बहादुर अधिकारी, बेलौरी नगरपालिका ४– रु१०,००० १८. नाम नखुलाईएको – रु१५,००० १९. गजिन्द्रमान श्रेष्ठ, बेलौरी नगरपालिका ४– रु२५,००० सहयोगी दाताहरुलाई हृदयदेखिनै धन्यवाद।
सहयोग गर्न चाहनुहुने महानुभावहरुले निम्न खातामा आर्थिक सहयोग गर्न सक्नुहुनेछ । खातावालाको नाम : Laxmi Shrestha खाता नम्बर : 1860128766000010 बैंक: NMB Bank, Belauri शाखा ईसेवा आईडीः 9868216430 आउनुहोस् ‘सँगसँगै’ केही गरौं ।
Comments are closed.