web analytics

कसरी ४४ सांसदबाट २८ सांसदमा खुम्चिए नेपाल

नेकपा छँदा नेता नेपालसँग ४४ सांसद मौजुद थिए । पुस ५ गतेको कदमपछि शेरबहादुर तामाङलगायत केही सांसद प्रतिनिधिसभा विघटनको पक्षमा खडा भए, नेपाल ३५ मा झरेका थिए ।
वैशाख २७ को विन्दुमा आइपुग्दा २८ सांसदमात्रै अनुपस्थित हुन मञ्जुर रहे । खनाल–नेपाल समूहलाई साथ दिँदै आएका दैलेख–२ का सांसद राजबहादुर बुढाक्षेत्री, दाङ–३ का हिराचन्द्र केसी पनि ओलीलाई विश्वासको मत दिने कित्तामा उभिए ।
राजीनामा नै दिनुपर्ने नेता नेपालले अडान राखिरहँदा सुनसरी–१ का सांसद जयकुमार राई त्यो कित्तामा उभिन नसक्ने बताउँदै आइरहेका छन् । सामूहिक राजीनामातिर अग्रसर हुँदा संख्या घटेर १५ मा सीमित हुने त होइन भन्ने जोखिम रहेको खनाल–नेपाल समूहका नेता बताउँछन् ।

सामूहिक राजीनामा दिँदा पनि संख्या नपुग्ने भय सामूहिक राजीनामाबाट खनाल–नेपाल समूहका सांसदहरू पछि हट्दै जाँदा गठबन्धनतर्फ संख्या नपुग्ने भय बढ्दै गएको छ । अहिले संसद्मा २७१ सांसद संख्या कायम छ । सरकार बनाउन १३६ मत आवश्यक पर्छ ।

खनाल–नेपाल समूहका २० सांसदले राजीनामा दिने हो भने त्यो संख्या २५१ मा झर्छ । सरकार बनाउन १२६ मत भए पुग्छ । २७ गते विश्वासको मत लिँदा विपक्षमा १२४ मत परेको थियो । त्यसमा दुई मत थपिनेबित्तिकै गठबन्धनको पल्ला भारी भइहाल्छ ।
तर, राजीनामाको २० बाट तल ओर्लनेबित्तिकै गठबन्धनको पक्षमा बहुमत नपुग्ने जोखिम रहेको नेता बताउँछन् । यसकारण कि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले निकै जोडबल गरिरहेका छन् । २७ गते उनीहरू पक्षका १५ सांसद तटस्थमा मत हाले । अब न्यूनतम पनि तीनजना सांसद आफ्नो पक्षमा थपिने जिकिर उनीहरूले गरिरहेका छन् ।
यसले पनि खनाल–नेपाल समूहलाई झस्काएको नेताहरू बताउँछन् । “यता पार्टी पनि नबच्ने, अर्को गठबन्धनतिर बहुमत पनि नपुग्ने र मुलुक चुनावमा जाने परिस्थिति बन्न सक्छ । फेरि, विधि, पद्धतिको कुरा उठाएर ओलीसँग छुट्टिने र नेपाली कांग्रेससँग सत्तासाझेदारी, उसकै सहयोगमा उपचुनाव जित्ने कुरा राजनीतिक र सैद्धान्तिक दुवै हुँदैन भन्ने मत पनि खनाल–नेपाल समूहमा बढ्दो छ,” समूहका एक नेता भन्छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.