web analytics

खुशीको खबर नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाद्वारा कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स व्यवस्था

कञ्चनपुर, ७ जेठ ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
कोरोना महामारी फैलिरहेको अवस्थामा जोखिम व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा,
कञ्चनपुरले पुनर्वास न.पा. भित्रका कोभिड -१९ संक्रमितहरुलाई धनगढी सम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव रुपेश खरेलले समाचार विशेषलाई बताए ।
सचिव खरेलले एम्बुलेन्स संचालनका लागि इन्धनको आवश्यकता पर्ने भएकाले यसका लागी सम्पुर्ण आजीवन सदस्य एवम् दाताहरुलाई आर्थिक सहयोगका लागि संस्थाको तर्फबाट अपिल समेत गरेका छ्न । उनले सहयोग दाताहरूलाई उपशाखाको NMB बैंक पुनर्वास शाखाको खातानम्बर १८२०१३११५५२०००२६
मा रकम जम्मा गर्न वा तपसिलका व्यक्ति लाई सम्पर्क गरि सहयोग गर्न समेत आग्रह गरेका छ्न ।
तपसिल :
१. राम नारायण कडेल:९८५८७५०९१०
२. नवीन कुमार तिमिल्सेना ९८१२७०१३८१
३. चण्डि प्रसाद सुवेदी:९८०६४९४५७७

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.