web analytics

राष्ट्रपति र प्रधानमन्त्रीलाई मध्यावधिको रंगीन सपना महंगो पर्ने कांग्रेस प्रवक्ताको चेतावनी

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमणबिच हुने मध्यावधि निर्वाचन महंगो पर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। उक्त बैठकले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै प्रतिनिधिसभा विघटनको सिफारिस गरेको हो।
ट्वीट गर्दै शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई मध्यावधिको रंगीन सपना महंगो पर्ने बताएका हुन्। महाभारतको संक्षिप्त सार भनेकै अहंकारको विनाश भएको उल्लेख गर्दै शर्माले सांकेतिक रुपमा ओलीको अहंकार पनि अन्त्य हुने बताए। साथै, उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने समेत बताएका छन्।
संविधानको धारा ७५ (५) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्त्री पदमा वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै उम्मेदवारको दाबी नपुगेको ठहर गरेकी थिइन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.