मध्यरातमा चुनाव आयो
-सन्दिप पौडेल

मध्यरातमा चुनाव आयो,
मेरो घरबाट अस्पताल खोज्दा खोज्दै दिन गयो,
अक्सिजन, आइसियू र डाक्टर खोज्दा खोज्दै लासको चाङ लाग्यो,
मेरो सरकार संसद र भोट खोज्नमा नै मस्त रह्यो,
अब तिमी अस्पतालमा गएर विजय सभा गर्नू,
बिरामीलाई पार्टीको घोषणा पत्र सुनाउनू,
औषधी किन्न नसक्नेहरूसँग पाँच सयमा आफ्नो लागि मत माग्नू,
मलामीहरूसँग विजय जुलुसको तयारी गर्नू,
अब तिमी मृत्यु शैयामा गएर एक मत माग्नू,
तिम्रो लागि सत्ता प्यारो, मेरो लागि सिटामोल प्यारो,
आफन्तको ढुकढुकीसँग एक एक सास साट्न छ गाह्रो,
तिमी अक्सिजनमा कालोबजारी गर्नू,
एक मुठी सास नपाएर जनता चाहिँ मर्नू,
किनकि तिमि नेता हौ, म जनता हुँ,
किनकि तिमी सरकार हौ, म रैती हुँ।।
सेतोपाटीबाट।
Comments are closed.