web analytics

प्रधानमन्त्री विरुद्ध अदालतको मानहानि मुद्दा दर्ता गरिँदै , २४ घण्टाभित्र उपस्थित गराउन माग 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा दायर हुँदै छ ।
फागुन ११ गते पुनःस्थापना गरिएको अदालतको फैसलापछि संसदमा केही काम गर्न नदिएको, संसद्लाई बिजनेस नदिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
उनको निवेदन दर्ता प्रक्रियामा रहेको जनाइएको छ ।
संविधानको धारा १२८ र न्याय प्रशासन ऐनको दफा १७ (२) बमोजिम २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ हैदसम्मको कारबाही माग गरिएको छ ।
अदालतको अवहेलनामा एकवर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुन सक्ने व्यवस्था रहेकोले सोहीअनुसार कारबाही गर्न माग गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.