नागरिकता अध्यादेश मुलुकलाई फिजिको नियतिमा पुर्याउने षड्यन्त्र,के हो फिजिकरण ?

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकतासम्बन्धी अध्यादेश मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको भन्दै यसलाई विफल पार्नुपर्ने बताएका हुन् । एउटा नेता भन्दा देश ठूलो भएको भन्दै उनले यसतर्फ सबै होसियार हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यौं । उनको गुट र कार्यकर्ताहरू हाम्रो विरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे । जसको बिरोध पहिले उनी आफैंले गरेका थिए । भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान् । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो । एउटा नेता भन्दा देश ठूलो हो । होसियार हौं । त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।
के हो फिजिकरण ?
सन् १९७० भन्दा अगाडिसम्म फिजी बेलायतको उपनिवेश थियो।१८७४ मा बेलायती ठेकेदारहरूले उखु खेतीका लागि भारतीय मजदुरलाई फिजी लगेका थिए। १९७० मा फिजी स्वतन्त्र भएपछि पनि भारतीय नागरिक,जो मजदुरका रूपमा फिजी लगिएका थिए,उनीहरूलाई फिर्ता नगरी त्यहीँ राख्ने र फिजी कब्जा गर्ने रणनीति भारतले बनायो।सोही अनुरूप १९७७ मा फिजीका प्रधानमन्त्री राबुकाले भारतीय नागरिकहरूलाई फिजीको नागरिकता दिने निर्णय गरे।
सन १९८७ देखि १९९० सम्म फिजि राष्ट संविधान विहिन अवस्थामा रह्यो,यो संवैधानिक संकटको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाव अनुसार फिजिमा जन्मेका जुनसुकै भारतिय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संविधानको धारा २० मा व्यवस्था गरियो ! सन १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतियहरु १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे।
सन् १९९७ मा चुनाव भयो।उक्त चुनावमा जम्मा ७१ सिटमध्ये भारतीय मुलका प्रतिनिधिले ३७ र अन्य विदेशी मुलका प्रतिनिधिले तीनवटा सिट गरी ४० सिट जिते भने फिजीका आदिवासीले जम्मा ३१ सिट मात्र ल्याए।राजनीतिक नेतृत्वले भारतको प्रभावमा परी राष्ट्रिय हितविपरीत निर्णय लिएका कारण फिजियनहरू अल्पमतमा परे।
फलस्वरूप भारतको हरियाणाका महेन्द्र चौधरी फिजीको प्रधानमन्त्री बने भने फिजियनहरू स्वतन्त्र र सार्वभौम भए पनि राज्यसत्ता गुमाउन पुगे।फलस्वरूप, चौधरी नेतृत्वको सरकारले सबै संवैधानिक व्यवस्थाहरू फिजियनहरूको प्रतिकूल हुने गरी गर्यो र फिजियनहरूलाई राजधानी सुभादेखि अन्यत्र विस्थापित गरियो ।
उनीहरूलाई थातथलोबाट निर्जन जंगलतिर धकेलियो र आफ्नै मुलुकभित्र शरणार्थी जीवन जिउन बाध्य हुनुपर्यो।त्यति मात्र होइन, देशभक्तिपूर्ण आन्दोलनका आदिवासी अगुवा जर्ज स्प्राइट कालासुलुलाई निर्जन टापुमा एक्लै राखी सन् २००२ मा मृत्युदण्डको फैसला सुनाइयो।
आज फिजिका आदिवासीहरु आफ्नै देशभित्र विदेशी जस्तो भएर बाँच्न बाध्य छ्न । उनिहरु अधिकारविहीन बनाईएका छ्न । किनभने उनीहरू अल्पमतमा छ्न । हरेक चुनावमा भारतीयमूलका उम्मेदवारहरु जितेर सत्तामा पुग्छ्न । उनीहरूको कुनै माग सुनुवाइ हुँदैन ।
Comments are closed.