प्रदेश सभासद तारालामा तामाङले किन गरे मन्त्री पद अस्वीकार ?

धनगढी,१४ जेठ । पार्टीको निर्देशन विपरित भन्दै तारालामा तामाङले मन्त्री पद अस्विकार गरेका छ्न । मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक पदबाट हटाएपनी तामाङले मन्त्री नबन्ने अडान लिएका थिए । पार्टीको निर्देशनविपरित मन्त्री बन्न तामाङले अस्विकार गरेका हुन् । उनले सभामुखलाई पत्र पठाउँदै तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्कालाई नियुक्त गरेका छन् । यस्तै सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् । एमालेको माधव नेपाल समुहबाट सुदूरपश्चिममा दीर्घ सोडारी,पुर्णा जोशी,चुनकुमारी चौधरी,मना साउद र कुलबिर चौधरीलाई मन्त्री बनाउने तयारी भएपनी र कुलवीर चौधरीले पनि मन्त्रीपद अस्विकार गरेका थिए ।
Comments are closed.