web analytics

शिरीष गौतमद्वारा अभिनित “गुन्द्रुक ढिँडो” युट्युवमा सार्वजनिक 

काठमाडौ । नेपाली राष्ट्रियताले ओतप्रोत भएको “गुन्द्रुक ढिँडो” नामक म्युजिक भिडियो यतिखेर युट्युबमा सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोहरुमा देखापर्दै आइरहेका कञ्चनपुरका मोडल शिरीष गौतमको अभिनयमा छायांकन भएको म्युजिक भिडियोले परदेशमा बस्नेहरुको कथा बोकेको छ । गौतमलाई मोडल अरुणा थापाले साथ दिएकी छन ।

 

आगमन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक यस गीतमा गोकुल खरेलले स्वर दिएका छन । परदेशमा बस्दा पनि गाउँवेशीको सम्झनाले सताईरहने भाव दृश्य गर्दै शव्द लेखन सागर खरेल र प्रविण तिमिल्सिनाले गरेका हुन । त्यस्तै भिडियोको निर्देशन गोविन्द बिष्टले गरेका हुनभने सम्पादन प्रकाश धमालाले गरेका हुन ।

हेर्नुस भिडियो :-

Facebook Comments
Below Article Content Ads

Comments are closed.