web analytics

एमाले प्रदेश कमिटीद्वारा सुदूरपश्चिमका ६ मन्त्री र एक सांसदलाई कारवाहीको सिफारिश

धनगढी । नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम सरकारमा सहभागी आफ्ना ६ मन्त्री र एक जना सांसदलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरेको छ।
एमाले प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज तथा सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न केन्द्रमा सिफारिश गरेको हो। उनीहरूले पार्टी निर्देशन विपरित काम गरेपछि कारबाहीका लागि सिफारिश गरिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्रसिंह रावलले बताए।
उनका अनुसार सातै जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासित गर्न सिफारिश गरिएको छ। कारबाहीका लागि सिफारिश गरिएका सातै जना माधवकुमार नेपाल पक्षका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कारबाहीका लागि सिफारिश गरेको हो।
एमाले प्रदेश कमिटीले यसअघि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलार्ई कारबाहीका लागि सिफारिश गरेको थियो।
एमाले स्थायी समितिले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसको विपरित सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो। प्रदेश संसदीय दलमा नेपाल पक्षको बहुमत रहेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.