web analytics

नेपाल रेडक्रस सोसाईटी पुनर्वास र मर्सिकोर नेपालद्वारा पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

कञ्चनपुर,१८ जेठ
नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखा र मर्सिकोर नेपाल धनगढीद्वारा पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोना महामारीसंग जुधिरहेको पुनर्वास नगरपालिकालाई उक्त संस्थाहरुले सहयोग गरेको हो ।
प्राप्त सामाग्रीहरु पुनर्वास नगरपालिकाले सञ्चालन गरीरहेको कोभिड अस्पताल र आईसोलेशनमा प्रयोग हुने बताईएको छ ।
उक्त सामाग्रीहरु पिपिई सेट ५० थान, सेनिटाईजर १ सय बोत्तल, सर्जिकल मास्क २ हजार थान, सर्जिकल ग्लोब्स १ सय जोडी, झुल ३० थान, फेस सिल्ड १ सय थान, N-95 मास्क १ सय थान, त्रिपाल ३६ थान, प्लास्टिक बाल्टी ३० थान, मग ३० थान, डस्ट्रबिन ठूलो ३० थान र मिनरल वाटर पन्ध्र सय बोतल रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका सचीव रुपेश खरेलले समाचार विशेष जानकारी गराए । नगरपालिकाका तर्फबाट
सहयोग सामाग्री नगरप्रमुख जीवनराज थापा ग्रहण गर्दै यस्तो विपदमा नगरपालिकालाई सहयोग गरेकोमा मर्सिकोर नेपाल र नेपाल रेडक्रस उपशाखाका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरे ।
सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला रेडक्रसका सदस्य राजेन्द्र श्रेष्ठ र ने.रे.सो.पुनर्वास उपशाखाका सभापति युवराज सुयलको पनि उपस्थिती थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.