web analytics

कोरोनाको संक्रमणमा रहेका व्यक्ति र अग्रपंक्तिमा खटिएका सुरक्षा निकायलाई सहयोग सामाग्री उपलब्ध

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कोरोना भाइरसको संक्रमणमा परेकाहरुलाई आपतकालीन सेवा तथा आवश्यक सहयोगका लागि सञ्चालन गरिएको ‘अक्सिजन खरिद तथा व्यवस्थापन अभियान’ ले उल्लेख काम गर्दै आइरहेको छ ।

सामाग्री हस्तान्तरण गर्दै

विश्वलाई नै शिथिल पारेको यस कोरोना महामारीले सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिकालाई समेत आक्रान्त बनाएको छ । दैनिक दर्जनौं नागरिक संक्रमित बनेका छन । यस अभियानले घरमै होमआईसोलेसनमा बसिरहेका संक्रमितहरुलाई पौष्टिक आहार, औषधि तथा अक्सिजन लगायतका विभिन्न सामाग्री उपलब्ध गराई समाजिक उत्तरदायित्व बहन गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा सहयोग हस्तान्तरण कार्यक्रम ।

त्यस्तै, कोभिड नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षा निकायलाई समेत यस अभियानको सहयोग रहदैआएको छ । जस अन्तर्गत पुनर्वास कोभिड अस्पताल त्रिभुवनबस्तीमा सङ्क्रमित बिरामीहरूलाई फलफूल तथा पोसिलो पिठो वितरण गरिएको छभने सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका पुनर्वासका सुरक्षा निकायहरू मध्ये इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई २ थान पङ्खा, १ थान इलेक्ट्रोनिक जग, पोसिलो पिठो, मास्क, र सेनिटाईजर हस्तान्तरण गरिएको दिनेश शर्माले समाचार विशेषलाई जानकारी गराए ।

 

त्यस्तै, अभियानले अस्थायी प्रहरी पोष्ट आईबिआरडीलाई १ थान पङ्खा, १ थान इलेक्ट्रोनिक जग, मास्क र सेनिटाईजर उपलब्ध गरिएको छभने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई पानी र फलफूल समेत वितरण गरिएको किरन चन्दले जानकारी दिए । अभियानको संयोजकत्व धनमाया गुरुङले गर्नुभएको छभने सदस्यहरुमा मिरा चन्द, दिनेश शर्मा, किरन चन्द, भागिरथि बिष्ट र सुकमाया मोक्तान रहनुभएको छ । आगामी दिनमा सशस्त्र प्रहरीका ३ वटै बिओपिलाई सहयोग गर्ने कार्यक्रम रहेको छभने अक्सिजन सिलिन्डर समेत रहेको हुँदा आवश्यक परेको ठाँउमा वितरण गर्न सकिने शर्माले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.