web analytics

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अडकिएर बालकको मृत्यु

कञ्चनपुर।कञ्चनपुरमा लिचीको दाना घाँटीमा अडकिएर छ महिने बालकको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी दिए ।
बालकले आगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.