web analytics

पुनर्वासका छोरा “साईकले रक्तदाता” तिर्थले गरे “निशुल्क एम्बुलेन्स सेवा”अभियानलाई आर्थिक सहयोग

कञ्चनपुर,२० जेठ ।
पुनर्वासका छोरा “साईकले रक्तदाता” तिर्थराज अवस्थीले नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको “निशुल्क एम्बुलेन्स सेवा”अभियानलाई आर्थिक सहयोग गरेका छ्न । उनले आफु,आफ्ना भाइ सन्तोष अवस्थी र आमा गोमतिदेवी अवस्थीको तर्फबाट बुवा स्व.नारायणदत्त अवस्थीको स्मृतिमा ५५००/- प्रदान गरेका हुन ।

अवस्थी परिवार

कञ्चनपुरको पुनर्वास २ (साविक कालिका ७,अमरैया)मा जन्मी हुर्की हाल पोखरामा बस्दै आएका तिर्थराज अवस्थी हाल “साईकले रक्तदाता”को उपनामले प्रख्यात छ्न ।
को हुन “साईकले रक्तदाता” अवस्थी ?
कञ्चनपुर जिल्ला पुनर्वास २, अमरैयामा माता गोमतिदेवी अवस्थी र पीता स्व.नारायणदत्त अवस्थीको जेष्ठ पुत्रको रुपमा जन्मेका अवस्थीले आफ्नो जीवन मानव कल्याण कार्यमा समर्पित गरेका छन । उनी पेशाले पोखराको नयाँ बजारस्थित भुपू सैनिक मेडिकल हलको सञ्चालकको रुपमा रहेपनी उनको अधिकांस समय समाजसेवामै बित्ने गर्दछ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष रुपमा कार्यरत अवस्थीले रगत अभाव भई ज्यानको जोखिममा परेका हज्जारौंको उद्धार गरी सकेका छ्न । उनी स्वयंले हालसम्म चौसट्ठी पटक रक्तदान गरीसकेका छ्न । साईकल चलाएर रक्तदानको बारेमा चेतना जगाउँदै हिड्नु उनको जीवनको अभिन्न पाटो हो । उनले रक्तदान गर्न सन्देश दिदै मेचीदेखि महाकाली सम्म साईकल यात्रा गरीसकेका छ्न भने छिमेकी देश भारतका महत्वपूर्ण ठाउँहरुको समेत यात्रा साईकल मार्फत यात्रा गरेका छ्न । उनी जहाँ गएपनी रक्तदानको बारेमा सन्देश लिएर हिडिरहेका हुन्छन । “रगत अभावमा कोही मर्न नपरोस”भन्ने मूलमन्त्र लिएर हिडिरहेका “साईकले रक्तदाता अवस्थी विश्व साईकल यात्री पुष्कर शाहका डाईहार्ट फ्यान हुन ।
लाखौं फ्यान कमाईसकेका अवस्थी सामान्य कार्यहरू असमान्य तरिकाले गर्ने सामान्य मानिस हुन । आँखामा राखेपनी नबिझाउने, जस्तोसुकै अवस्थामा पनि नरिसाउने,नडराउने र शिष्ट भाषामा बोल्ने व्यक्ति भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । सामान्य मानिस भएर पनि उनले देख्ने सपनाहरू भने असमान्य प्रकारका छ्न । अवस्थी जस्ता मानिसहरु समाजमा धेरै जन्मिनु पर्दछ,अनि बल्ल जन्मिन्छ सभ्य समाज । सबैलाई साईकल चढेर स्वस्थ रहन र समय समयमा रक्तदान गर्न प्रेरित गर्ने अवस्थी समाचार विशेषसंगको कुराकानीमा भन्छ्न,” नेपालको जुनसुकै कुनामा रगत अभाव भए ९८५१२२३९०२ फोन गर्नुस, म रगत अभाव भएर कसैलाई मृत्यु हुन नदिने संकल्प गर्छु।”

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.