बढैयातालका २ जना गरी कोरोनाबाट थप ५ जनाको मृत्यु!

कृष्ण बहादुर बुढा
जेठ २०, बाँके
बाँकेमा थप पाँच जना कोरोना सं’ क्रमितको मृ’ त्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।
मृत्यु हुनेमा २ जना बर्दियाको बढैयाताल गाउँपालिका छन । बढैयाताल गाँउपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।बैशाख ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिकाका वडा नं. ३ का अर्का ५५ वर्षीय पुरुषको भेरीमै मृ त्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
त्यसरी नै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृ त्यु भएको छ । जेठ १० गते पीसीआर गरिएको उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
मृत्यु हुनेमा अर्को एक जना दैलेख आठविस नगरपालिका वडा नं ४ कि ३० वर्षीया महिला रहेको पुष्टि भएको छ। जेठ १३ गते पीसीआर गरेर १९ गते भर्ना गरिएको उनको भेरी अस्पतालमा मृत्यु भएको छ ।
अर्क एक जना सल्यान कालीमाटी गाउँपालिका वडा नं. १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृ’ त्यु भएको छ ।जेठ १५ गते पीसीआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो ।
यो सँगै बाँकेमा उपचार गराउन आउदा मृ’त्यु हुनेको संख्या तीन सय पुगेको छ ।
Comments are closed.