web analytics

आज राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै

 

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राष्ट्रिय कविता महोत्सव आयोजना गर्दैछ ।
प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा हरेक बर्ष सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपटक कोभिड–१९ का कारण भर्चुअलरुपमा सञ्चालन गर्दैछ ।
प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्यांकन समितिको छनोटमा परेका ४१ कविता वाचन हुनेछन् ।
वाचनका लागि १० प्राप्तांक कायम गरिएको तथा वाचनअघिको मूल्यांकनलाई वाचनको प्राप्त अंकमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.