web analytics

कञ्चनपुरका सम्शेर दियालीको नयाँ गीत “संसार भरी”को भिडियो युटुबमा सार्वजनिक

कञ्चनपुर, १० असार ।
कञ्चनपुर पुनर्वासका सम्शेर दियालीको नयाँ गीत “संसार भरी”को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । झण्डै अढाई दशक पश्चात् सांगीतिक बजारमा यो गीत लिएर गायक दियालीले पुनरागमन गरेका छ्न । यस गीतमा कोरोना भाइरसका कारण वर्तमान हाहाकारको अवस्थालाई चित्रण गर्न खोजिएको छ । वर्तमानमा देखिएको मृत्यु र भोकमरीको दारुण चित्र भिडियोमा प्रस्तुत गरिएको छ । जुन गीतको भिडियोले हरेक दर्शक श्रोतालाई भावुक बनाउँछ । कोरोना रोगका कारण बाहिर जान नसकिने अवस्था एकातिर छ भने अर्कोतिर भोको पेटले बाहिर जानैपर्ने बाध्यता सिर्जना गरेको छ । यस्तै अवस्था बिच नेपाली जनता भोकले भन्दापनि रोगले मरिरहेको छ । गीतको मुख्य आशय यहि हो । गीत मार्मिक छ, गीतका शब्द र संगितले जो कोहिको आँखा रसाउँछ ।
अढाई दशक अघि “चाहना” नामक सांगीतिक एलबम निकालेर युवामाझ लोकप्रिय भएका गायक दियाली धेरै लामो विश्राम पछि पुन: आएका हुन ।
“संसार भरी” बोलको गितमा रचना, संगीत र स्वर गायक स्वयंको रहेको छ । त्यसैगरी भिडियोमा स्वयं दियालीकै अभिनय रहेको छ । भिडियोलाई जि.बि.आग्रीले निर्देशन गरेका हुन भने छायांकन र सम्पादन मीन रावलको रहेको छ । “सम्शेर तनमन” नामक युटुब च्यानलबाट उक्त भिडियो हेर्न सकिन्छ । हेर्नुस् भिडियो

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.