web analytics

अभिनेत्री सुपुष्पा भट्टले गरीन फिल्म”कबड्डी कबड्डी” का निर्मातासंग विवाह

काठमाडौं /वैशाखमा टीकाटालो गरेकी ‘रणवीर’ अभिनेत्री सुपुष्पा भट्टको आज शुक्रबार विवाह भइरहेको छ ।  उनको ‘कबड्डी कबड्डी’ निर्माता रौनकविक्रम कँडेलसँग गोकर्ण फरेस्ट रिसोर्टमा विवाह भइरहेको छ । विवाहस्थलबाट बाहिरिएको तस्बिरमा सुपुष्पा कलेजी रङको सारीमा देखिएकी छिन् । उहीँ दुलाहा रौनकविक्रम कँडेल भने पहेंलो रङको दौरा सुरुवालमा सजिएका छन् ।

१ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेत्री सुपुष्पा र रौनकले गत वैशाख १६ गते सुटुक्क टीकाटालो गरेका थिए । उसबेला  पनि उनीहरूले विवाहको मिति भने गोप्य राखेका थिए । परिवार र सीमित साथीहरूको उपस्थितिमा विवाह भइरहेको रौनक निकट स्रोतले जनाएको छ ।

धादिङमा जन्मिएकी सुपुष्पाले ‘रणवीर’ फिल्मबाट डेब्यू गरेकी थिइन् ।  त्यसयता ‘छ माया छपक्कै’मा सानो भूमिकामा देखिएकी उनले ‘चपली हाइट ३’ अभिनय गरेकी छिन् । ‘चपली हाइट ३’ भने महामारीका कारण प्रदर्शन पालो कुरेर बसेको छ । रौनकले भने यसअघि ‘कबड्डी’ सिरिजको दोस्रो भाग ‘कबड्डी कबड्डी’ निर्माण गरेका थिए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.