कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै, भोलि पुनर्वासमा सञ्चालन हुने

कञ्चनपुर, २६ असार ।
कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको पहलमा आगामी असार २७ गतेदेखि आगामी ३० गतेसम्म कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क मधुमेह(सुगर),उच्च-रक्तचाप र मृगौला रोगको जाँच हुने भएको हो । भोलि असार २७ गते पुनर्वासको आईबिआरडी हाटबजार लाग्ने स्थानमा,असार २८ गते बेलौरीको स्वास्थ्य चौकीमा, असार २९ गते कृष्णपुर नगरपालिकाको स्वास्थ्य चौकीमा र असार ३० गते शुक्लाफाँटाको आ.स्वा.से.केन्द्र,दीपनगरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
परामर्श तथा उपचारका लागि तीन जना चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीहरु रहने र यो सेवा जेष्ठ नागरिकलाई लक्षित गरि ल्याउन लागीएको पुनर्वासका स्वास्थ्य प्रमुख रामबहादुर धामीले बताए ।
“जेष्ठ नागरिकहरुलाई लक्षित गरि कार्यक्रम ल्याईएको हो। उपचारमा उनीहरूलाई नै प्राथमिकतामा राखिएको छ । तर अन्य उमेर समूहका व्यक्ति आएपनी सेवा भने अवश्य दिनेछौ” स्वास्थ्य प्रमुख धामीले समाचार विशेषलाई बताए ।
हेर्नुस् सूचना
Comments are closed.